रास्वपाका सांसदलाई रविले भने : ‘हामी कानून बनाउन आएका हौँ, मन्त्री बन्न होइन’

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न  निर्देशन दिएका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण हुनु पर्ने भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराएका छन् । 

उनले भने, ‘हामी कानून बनाउन आएका हौँ । कानून बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन् ।’

लामिछानेले पुराना राजनीतिक दलहरूले आफूलाई केन्द्रमा राखेर राजनीति गरेजस्तो गरे रास्वपाको भविष्यमाथि नराम्रो असर पर्ने चेतावनी दिएका छन् । उनले व्यक्तिगत सत्ता र मन्त्री–प्रधानमन्त्री बन्ने सपना त्यागेर देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय आएको बताए ।

उनले सांसदहरूलाई देशमा बिचौलियाको बिगबिगीको खतराप्रति सचेत गराउँदै, कुनै बिचौलियासँग साँठगाँठ नगर्न र संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन आग्रह गरे । 

उनले थपे, ‘घण्टीका मुनि सबै अटाउन सक्छौँ। आफ्नो पोजिसन र पार्टी हैसियतमा केन्द्रित राजनीति बाहिर उठ्न नसके हाम्रो भविष्यमा पुराना दलका नेताभन्दा खराब हुन्छ ।’

रास्वपाका सांसदहरूले जनताको सेवा र कानुन निर्माणमा केन्द्रित भएर काम गर्नुपर्ने र शक्ति प्राप्त भएपछि पार्टीभित्रको एकता बलियो बनाउनुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?