किन आएनन् रास्वपाको अभिमुखिकरण कार्यक्रममा बालेन ?

लोकपथ
504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह पार्टीका सांसदहरूको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् ।

पार्टीका नेता तथा नवनिर्वाचित सांसद गणेश पराजुलीका अनुसार स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साहको कार्यक्रममा उपस्थिति हुने टुंगो लाग्न सकेको छैन ।

पराजुलीले सभापति लामिछानेको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको बताए । उनका अनुसार वरिष्ठ नेता साहको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नभएकाले सहभागी हुने विषय अनिश्चित बनेको हो ।

‘सभापतिजीको स्वास्थ्यमा सुधार भइरहेको छ र उहाँ कार्यक्रममा आउँदै हुनुहुन्छ । तर वरिष्ठ नेताज्यूको स्वास्थ्य अझै असहज रहेकाले उहाँको उपस्थितिबारे निश्चित भन्न सकिएको छैन,’ पराजुलीले भने ।

सांसद पराजुलीले पार्टी सुशासन स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?