कञ्चनपुरमा जग्गासम्बन्धी विवाद हुँदा छोराले गरे आमाको हत्या, बहिनी घाइते

लोकपथ
28
Shares

कञ्चनपुर । कञ्चनपुरमा जग्गासम्बन्धी विवाद हुँदा छोराले आमाको हत्या गरेका छन् । 

दोधाराचाँदनी नगरपालिका–४ स्थित माननीय चोकमा हरिप्रसाद श्रेष्ठले आफ्नी ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका गरेका हुन । 

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार, घटना गए राति भएको हो र आमाको घटनास्थलमै मृत्यु भएको छ ।

धारिलो हतियार प्रहारका कारण बहिनी भगवती माझी घाइते भएकी छिन् । उनको उपचार हाल महाकाली प्रादेशिक अस्पतालमा भइरहेको छ ।

प्रहरीले फरार अभियुक्तको खोजी जारी राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?