यसरी सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योग अभ्याससँगै सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा जारी उक्त कार्यक्रमको उद्घाटन मंगलबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले गरेका थिए ।

कार्यक्रमको आज अन्तिम दिन सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनको सम्बोधनसँगै अभिमुखीकरण कार्यक्रम समापन गरिने तयारी गरिएको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?