काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम आज सकिँदैछ ।
समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको कार्यक्रममा उपसभापतिहरू स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए ।
पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजको समापन कार्यक्रममा लामिछाने र बालेन्द्र शाह सहभागी हुने सम्भावना छ । उपसभापति अर्यालले पनि दुवै नेता कार्यक्रममा सहभागी हुन सक्ने जानकारी दिएका छन् ।
यद्यपि, पार्टीले सार्वजनिक गरेको तालिकामा आज लामिछानेको सहभागिता उल्लेख भए पनि बालेन्द्र शाहबारे स्पष्ट जानकारी दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया