गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

लोकपथ
2.1k
Shares

काठमाडौं । वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि भएको सिफारिसको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

मंगलबार अधिवक्ता मनिषकुमार श्रेष्ठले गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसो सरकारको प्रवक्ताको हैसियतमा गृहमन्त्री अर्याल स्वयंले आफूलाई सिफारिस गरिएको ब्यहोरा पढेर सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

आफैँ सम्मिलित मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा सिफारिस गरिँदा स्वार्थ बाझिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै रिट दर्ता भएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था रहेको छ । तर नयाँ सरकार आउँदै गरेको र अन्तरिम सरकारको कार्यकाल सकिन लागेका बेला विभिन्न नियुक्ति र राष्ट्रिय सभामा सिफारिस गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?