काठमाडौं । आर्थिक प्रलोभन देखाइ महिलाहरुलाई गलत काममा लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक भारतीयसहित २ जना रहेका छन् । भारत घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–२४ चाउथे बस्ने राधेश्याम शाह र बाग्लुङको काठेखोला गाउँपालिका–४ का २८ वर्षीय खेमु थापालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतका अनुसार उनीहरुले आर्थिक अवस्था कमजोर भएका युवती तथा महिलाहरुलाई होटलमा काम गराउने भन्दै सम्पर्क गर्ने गरेका थिए ।
पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरुमा होहल्ला गर्ने र अनैतिक काम गर्ने भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
उनीहरुले महिलाहरुलाई सुरुमा होटलमा काम लगाउने र पछि त्यहाँ आउने पुरुषहरुबाट रकम लिइ जबरजस्ती रात बिताउन लगाउने, अनैतिक काम गर्न लगाउने गरेका थिए । त्यहाँबाट ४ महिलाहरुको उद्धार गरिएको समेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया