काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झा ले बताए ।
साथै, पार्टीले आगामी दिनमा अपनाउने नीति तथा कार्यदिशाबारे पनि छलफल हुने जनाइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जितेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया