बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ युवक सम्पर्कविहीन

लोकपथ
112
Shares

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक झन्डै १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत फागुन २३ गते सिकार खेल्न गएका उनीहरू त्यसयता परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरूका परिवारजनले आइतबार बेलुका ५ बजेतिर मात्र यस विषयमा प्रहरीलाई जानकारी दिएका छन् । 

सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् । 

सम्पर्कविहीन हुनेहरू गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ

घर नफर्किएपछि खोजबिनका लागि प्रहरीमा खबर आएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए । 

। उनीहरूको खोजीका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आसपासको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?