जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

लोकपथ
140
Shares

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले ग्रहण गरेको छ ।

यसअघि आयोगले सरकारलाई बुझाएको उक्त प्रतिवेदन आज बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले सो विषयमा जानकारी दिए ।

‘२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने,’ गृहमन्त्री अर्यालले भने ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई उक्त प्रतिवेदन केही दिनअघि बुझाए पनि सार्वजनिक भएको छैन । चौतर्फी रुपमा उक्त प्रतिवेदन सार्वजनिक गर्न माग बढिरहेको छ । सरकारले उक्त प्रतिवेदनको अध्ययन गर्न छुट्टै आयोग गठन गर्ने समेत निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?