राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम सिफारिस

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभाको एक पदमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्यालको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

माघ ११ गते राष्ट्रिय सभा राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भइ पदपूर्ती भएको थियो । त्यसमध्ये एकजना रिक्त रहेको पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने प्रावधान रहेको छ । सोही अनुसार मन्त्रिपरिषद् बैठकले अर्यालको नाम सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?