कञ्चन बिच्छाको रिट खारेज

लोकपथ
112
Shares

काठमाडौं । राप्रपाबाट निष्कासित मधेश प्रदेश सभा सदस्य कन्चन बिच्छाको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाईपछि शुक्रवार रिट खारेज भएको हो ।

नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा पार्टीको निर्देशनविपरित सहभागी भएपछि उनलाई फिर्ता बोलाएको थियो । पार्टीको निर्देशन नमानेपछि उनीमाथि अनुशासनको कारवाही गर्दै राप्रपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गराएको थियो ।

समानुपातिक सांसद बिच्छा आफ्नो पद बहालीको माग लिएर सर्वोच्च पुगेकी थिइन् । सोहि रिटमाथि सर्वोच्चले फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?