काठमाडौं । दोलखामा मतदानको क्रममा विवाद भएको छ ।
मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
विरोधमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया