मतदानको दिन काठमाडौंका सडक सुनसान, ट्राफिक चेकजाँच कडा

लोकपथ
168
Shares

काठमाडौं । प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।

मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ । मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् ।

आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन ।

हिँडडुल गर्न भने रोक लगाइएको छैन । यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?