रौतहटमा दुई समुदायबिच झडप, कर्फ्यू आदेश जारी

लोकपथ
112
Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबिच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, कर्फ्यु शनिबार दिउँसो १ बजेबाट लागू गरिएको हो ।

झडप मस्जिदमा प्राथना भइरहँदा हिन्दु समुदायले बाजा बजाएको कारण सुरु भएको बताइएको छ ।

घटनापछि गौर क्षेत्रमा बिहानैदेखि तनाव बढेको थियो । अहिले पनि अवस्था असामान्य बनेकोले प्रशासनले कर्फ्यु जारी गरेको हो ।

कर्फ्यु अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भीडभाडमा सहभागी हुन वा सभा प्रदर्शन गर्न नपाउने नियम लागू छ ।

झडपमा केही सवारी साधनमा आगजनी, घरमा तोडफोड भएको र केही व्यक्ति सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?