बालेन आज झापा जाँदै

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ आज झापा जाने भएका छन् ।

चुनावी कार्यक्रमका क्रममा अस्वस्थ भएका उनी स्वास्थ्यलाभपछि फेरि चुनावी गतिविधि सुरु गरेका हुन् ।

उनको कार्यक्रम अनुसार, बालेन बेलुकीसम्म दमक पुग्ने कार्यक्रम रहेको छ। अबका दिनमा उनी आफू उम्मेदवार रहेको झापा–५ क्षेत्रको चुनावी कार्यक्रममै व्यस्त रहने बताइएको छ ।

चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएका बालेन काठमाडौं फर्किएका थिए । स्वास्थ्य समस्या, जस्तै खाना अपच, पेट दुखाइ र उच्च रक्तचापका कारण उनले तत्काल कार्यक्रम स्थगित गरेका थिए ।

त्यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओली पनि आज झापा पुगेका छन् । चुनावी माहोल तातिरहेका बेला झापा–५ बाट उम्मेदवार अध्यक्ष ओलीको भ्रमणलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

उनको भ्रमण कार्यक्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?