रास्वपा नुवाकोटका नेता अशोक थापाले छाडे पार्टी

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् ।

शनिबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

थापाले पार्टी विचार र सिद्धान्तबाट टाढा जान थालेको बताएका छन् । नेतृत्व नीतिका आधारमा होइन, आशिर्बादका आधारमा चयन हुन थालेको उनको आरोप छ । 

रातदिन संगठन निर्माणमा लागेका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको र पार्टी अलोकतान्त्रिक बन्दै गएको भन्दै उनले पार्टीमा बस्नुको अर्थ नरहेको बताएका छन् ।

थापा २०७९ सालको निर्वाचनयता रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?