स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

लोकपथ
0
Shares

सिरहा । सिरहाको औरही गाउँपालिका–५ औरही चोकबाट प्रहरीले स्रोत नखुलेको रु १४ लाख रकमसहित एक युवकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् ।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका उनलाई शङ्काको आधारमा जाँच गर्दा साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कुल रु १४ लाख) फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले रकमको स्रोत खुलाउन माग गर्दा उनले कुनै वैध प्रमाण पेस गर्न नसकेपछि नियन्त्रणमा लिइएको हो। घटनाबारे थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?