१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

लोकपथ
182
Shares

इलाम । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा माङसेबुङ गाउँपालिका–३ घर भएका २० वर्षीय सिलाओ लिम्बु रहेका छन् । 

लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई  बुधबार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?