भारतीय मुद्राको स्थिर दर पुनरावलोकन गर्ने रास्वपाको घोषणा

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छिमेकी देश भारतसँग नेपालको स्थिर मुद्रा दरको प्रावधान पुनरावलोकन गर्ने भएको छ ।

बिहीबार रास्वपाले फागुन २१ को निर्वाचनका लागि जारी गरेको बाचापत्रमा सो कुरा उल्लेख गरिएको छ ।

जसमा रास्वपाले विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरु समेतको सहभागितामा अध्ययन र पुनरावलोकन गर्ने जनाएको छ ।

‘भारतीय रुपैयाँसँग तीन दशकदेखिको स्थिर विनिमयदर कायम रहेकोमा विशिष्ट प्राज्ञहरु समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोक गर्नेछौँ,’ रास्वपाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?