काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पूर्व मन्त्री महावीर पुनले घरदैलोको क्रममा आफू र आफ्नो चुनावी अभियानको टोलीलाई मतदाताले पैसा दिइरहेको बताएका छन् ।
महावीरले सामाजिक सञ्जाल लेखेका छन्, ‘अचम्मको कुरा हेर्नुहोस् भोट माग्न गाउँगाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन् ।’
मतदाताले दिएको खर्च एकीकृत गर्ने र हिसाबकिताब निर्वाचनको अन्तिममा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ ।
‘उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ । मलाई त उल्टै पैसा दिइरहेका छन्,’ पुनले लेखेका छन्, ‘चन्दाको सबै हिसाब किताब प्रष्टसँग सार्वजनिक गर्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया