सुन तोलामै ४ हजार ३ सय रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो

लोकपथ
161
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार (फागुन ७ गते) उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ ।  महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । 

अघिल्लो दिन बुधबार सुन ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी प्रतितोला १ सय ८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ निर्धारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?