काठमाडौं । सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा गएराति करिब ८ बजे भएको दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएको र उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डीएसपी राईले बताए ।
बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया