बनेपा । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा अर्का एक जना पनि घाइते छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बुधबार बिहान ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया