जनकपुरधाम । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधाममा सार्वजनिक गर्दैछ । कांग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
कांग्रेस मधेश प्रदेश सभापति तथा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवका अनुसार मधेशका आठवटै जिल्लामा नेता र कार्यकर्तालाई सक्रिय बनाइएको छ र कम्तीमा एक लाख जनसहभागी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । सभामा पार्टी सभापति गगन थापा र शीर्ष नेतृत्वको पनि उपस्थिति रहनेछ ।
घोषणापत्रमा मधेशको आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार, सडक निर्माण, लगानीमैत्री वातावरण र सुशासनलाई मुख्य एजेन्डा बनाइएको छ ।
सभास्थलमा सुरक्षा कडा गरिएको छ र बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात र अन्य व्यवस्थापनको तयारी पूरा भएको पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया