काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दै छ । आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले गरेको तयारी, चुनावी रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ ।
भर्चुअल माध्यमबाट हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
पार्टीका अनुसार बैठकमा निर्वाचन केन्द्रित कार्यक्रम, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे पनि आवश्यक निर्णयहरू लिने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया