मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ मा समूह चरणबाट बाहिरिसकेको नेपाल आफ्नो अन्तिम खेलमा स्कटल्याण्डसँग भिड्दैछ ।
समूह सी मा रहेको नेपाल र स्कटल्याण्डको खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।
नेपाल समूह चरणबाटै बाहिरिसकेकोले आजको खेल जितेर आफ्नो विश्वकप यात्रा सुखद रूपमा अन्त्य गर्न चाहन्छ ।
नेपालले आफ्नो समूहका तीन खेलहरू सबैमा हार बेहोरेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले, दोस्रो खेलमा डेब्युटान्ट इटलीसँग १० विकेटले र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया