सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए ।
मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए ।
घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया