निर्वाचनबारे ओलीको टिप्पणी : नेपालमा पनि बंगलादेशकै जस्तो अवस्था आउन सक्छ

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आगामी निर्वाचनको अवस्था बंगलादेशमा भएको घटनाक्रमजस्तै हुन सक्ने टिप्पणी गरेका छन् ।

झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले बंगलादेशमा जे भयो, नेपालमा पनि त्यही हुन सक्ने दाबी गरे । ‘बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन्छ,‘उनले भने ।

ओलीले अझै पनि चुनावका लागि ढुक्क हुने वातावरण बनिनसकेको दोहोर्‍याउँदै पार्टी निर्वाचनको तयारीमा लागिरहेको तर समग्र राजनीतिक वातावरण सुरक्षित र भरोसायोग्य नभएको बताए । 

उनका अनुसार निष्पक्ष र शान्तिपूर्ण चुनावका लागि आवश्यक वातावरण सुनिश्चित गर्न राज्यले अझै काम गर्न बाँकी छ ।

उनले राजनीतिक स्थिरता, सुरक्षा र विश्वासको वातावरण नबनेसम्म निर्वाचन प्रक्रिया चुनौती रहने  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?