सर्लाहीबाट गगनले भने– ‘मधेशका नागरिकलाई अधिकार दिनुपर्छ’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू अब मधेशको संस्कारसँग अपरिचित नरहेको बताएका छन् ।

शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पहिले मधेश आउँदा नयाँ लागेको भए पनि अहिले मधेशी परिवारको हिस्सा बन्दै गएको बताए ।

थापाले भने, ‘सुरुमा यहाँ गाउँ, ठाउँ, पहिरन र खानासमेत नयाँ लागे पनि अब आफू यही परिवारको सदस्य बन्दै गएको अनुभव भएको छ । मधेशसँग नाता जोड्ने उद्देश्य लिएरै आफू यहाँ आएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसका सभापति बनेपछि काठमाडौंमा चुनाव जित्न सजिलो भए पनि देश बनाउने जिम्मेवारीका लागि मधेश आएको उनले बताए ।

थापाले कांग्रेसका नेता बीपी कोइरालाको उदाहरण दिँदै २०३६ सालको जनमत संग्रहपछि मधेशका नागरिकलाई नागरिकता दिनुपर्ने कुरा बीपीले जोड दिएको स्मरण गरे ।

कांग्रेस मधेशमा मजबुत बन्नुपर्छ भन्ने सोचका साथ आफू सर्लाहीबाट उम्मेदवार बनेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?