गुल्मीमा रविका ‘क्रान्तिकारी’ कुरा : ‘मतदानमा मत क्रान्ति, संसदमा जादु’

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी संसदमा आफूहरुले जादु गर्ने दाबी गरेका छन् ।

शुक्रबार गुल्मीमा चुनावी अभियानका लागि पुगेका लामिछानेले आफूहरुले जादु गर्ने भन्दै मतदाताहरुलाई मतदानमा जादु गर्न आग्रह गरे ।

उनले फागुन २१ को निर्वाचनलाई आफूहरुले मतदान भन्दा पनि मतक्रान्ति हुने गर्ने तयारी गरेको समेत दाबी गरे ।

‘उपस्थित आमाबुबा दाजुभाई दिदीबहिनीहरु, यो चुनावी सभा होइन, चुनावी भाषण होइन । चुनावबारे केही भन्न पर्दैन, अब गुल्मीले के गर्छ भन्ने कुरा मानवसागरले देखाइसकेको छ,’ उनले भने, ‘अब गर्ने काम हामीले गर्ने हो । हामी तयार भएर बसेका छौँ र त्यसका लागि यसपटक संसदमा हामीले संसदमा जादु गर्नुपर्नेछ, जादु । यो जादु त्यतिबेला मात्र सम्भव हुनेछ, जतिबेला तपाईँहरुले मतपत्रमा जादु गर्नुहुनेछ । यसपटक निर्वाचनमा मतदान होइन क्रान्ति हुनेछ, त्यो मतक्रान्ति हुनेछ ।’

उनले गुल्मी क्षेत्र नं १ बाट प्रतिष्पर्धा गरिरहेका सागर ढकालको प्रशंसा समेत गरे । उनले गत निर्वाचनमा ढकालले डडेल्धुरामा शेरबहादुर देउवासँग चुनाव लडेर क्रान्ति गरेको समेत दाबी गरे ।

त्यस्तै गुल्मी क्षेत्र नं २ बाट उम्मेदवार बनेका गोविन्द पन्थीको समेत प्रशंसा गरे । लामो समय सुशासनको पक्षमा आवाज उठाएको पात्रलाई आफूहरुले उम्मेदवार बनाएको समेत उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?