काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अध्यावधिक गर्न आग्रह गरेको छ ।
आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएको भन्दै बैंकले सो आग्रह गरेको हो ।
त्यसका लागि ग्राहकहरुले आफैँ उक्त कुराहरु अध्यावधिक गर्न सक्नेछन् । जसका लागि ग्राहकहरुले panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको PAN Update अप्सनमा गएर त्यहाँ दिएको विवरण भरी अध्यावधिक गर्न सक्नेछन् । त्यति मात्र होइन ग्राहकहरुले आफ्नो नजिकको बैंकको जुनसुकै शाखामा गएर पनि प्यान अध्यावधिकका लागि निवेदन दिन सक्नेछन् ।
बैंकको यो विज्ञप्ति पढ्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया