चितवनबाट रविले भने– ‘यस पटक चितवन मात्र होइन, पूरै देश जिताउनु पर्छ’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक चितवन मात्र नभई सिंगो देशभर आफ्नो पार्टीको जित सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

चितवन–२ का मतदातासँग भेटघाट गर्दै सभापति लामिछानेले  यस्तो बताएका हुन्  । 

उनले भने, ‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ। पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यस पटक चितवन मात्र जिताएर काम हुँदैन, सम्पूर्ण देशभर जित सुनिश्चित गर्नुपर्छ ।’

उनले मतदातालाई आग्रह गर्दै भने , ‘म यो निर्वाचनमा तपाईँहरूको प्रतिनिधिको रूपमा प्रचार गर्न चाहन्छु र सहयोगको अपेक्षा राख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?