जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी गर्ने र उक्साउने गौतम पक्राउ

लोकपथ
329
Shares

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गर्नेमध्येका थप एकजनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौंको अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा गौतम सिंहदरबार जलाउनेदेखि अन्य व्यक्तिहरुलाई आजगनी गर्न उक्साउनेसम्मका काममा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले बताए ।

उनलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?