‘रकेट स्पीड’मा बालेनको चुनावी अभियान : भोलि डडेल्धुरा–दार्चुला हुँदै बझाङसम्म पुग्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम केन्द्रित चुनावी अभियानमा होमिएका छन् ।

सोमबार नेपालगञ्ज हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेका बालेन बुधबार डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पुग्ने कार्यक्रम तय भएको छ ।

रास्वपाको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार भोलि (बुधबार) बिहान साढे ९ बजे डडेल्धुराको पार्टी सम्पर्क कार्यालयमा हुनेछन् ।

त्यस्तै मध्यान्न १२ः३० बजे बैतडी सम्पर्क कार्यालय, अपरान्ह ४ बजे दार्चुलास्थित पार्टीको सम्पर्क कार्यालयमा पुग्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै भोलि राति ८ बजे बझाङको बुइलुङ्गमा पुग्ने कार्यक्रम रहेको छ ।

माघ ५ गते आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ पुगेका बालेन शनिबार मात्रै काठमाडौं फर्किएका थिए । केही दिन काठमाडौं उपत्यकामा उम्मेदवारहरुसँग भेटघाट गरी बालेन सुदूरपश्चिम लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?