७७ जिल्लाका सभापतिलाई कांग्रेसको परिपत्र : फागुन २१ को निर्वाचनमा एकढिक्का भएर लाग्न आग्रह

लोकपथ
238
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गर्दै परिपत्र जारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिहरूलाई परिपत्र पठाउँदै निर्वाचनसम्बन्धी कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको हो ।

परिपत्रमा कांग्रेस नयाँ ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै उच्च आत्मविश्वास र व्यापक तयारीका साथ निर्वाचनमा होमिनुपर्ने समय आएको जनाइएको छ ।

‘अब आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अघि बढ्नुपर्ने बेला आएको छ,परिपत्रमा भनिएको छ ।

परिपत्रमा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको नाम नै उल्लेख गर्दै सहयोगको अपेक्षा पनि गरिएको छ । देउवालगायत पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूबाट यो लोकतान्त्रिक प्रक्रियामा पूर्ण साथ र सहयोग रहने विश्वास पार्टीले लिएको उल्लेख गरिएको छ ।

कांग्रेसले पार्टीभित्रको एकता मजबुत बनाएर निर्वाचनमा सफल नतिजा हासिल गर्ने लक्ष्यसहित सबै नेता–कार्यकर्तालाई सक्रिय भूमिकामा जुट्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?