बैतडी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शुक्रबार रातिदेखि भारी हिमपात भएको छ, जसका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जय पृथ्वी राजमार्ग रातिदेखि पूर्ण रूपमा ठप्प भएका छन् ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छन् । पुनः सञ्चालनका लागि पहल सुरु गरिएको छ ।’
त्यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेल क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा पनि शुक्रबार बेलुकादेखि वर्षासँगै हिमपात भएको प्रहरीले जनाएको छ ।
यो वर्ष पहिलो पटक परेको हिउँदे वर्षा र हिमपातपछि यहाँका किसानहरूले खुसी व्यक्त गरेका छन् । चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको अवस्थामा अब बाली सप्रिने अपेक्षा गरिएको छ। हिमपात र अत्यधिक चिसोले जनजीवन प्रभावित भए पनि कृषकहरूले यसलाई फाइदाजनक मान्दै उत्साहित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया