काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक शक्तिलाई विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनमा सम्बोधन गर्दै नेता दाहालले निर्वाचनलाई जनताका लागि एक प्रकारको परीक्षा भएको उल्लेख गरे । उनले देश निर्माण गर्ने र ध्वंस मच्चाउने शक्तिबिच स्पष्ट छनोट गर्नुपर्ने बेला आएको बताए ।
नेता दाहालले भने, ‘यो निर्वाचन जनताका लागि परीक्षा हो । देश बनाउनेलाई मतदान गर्ने कि देश ध्वंस गर्ने शक्तिलाई ? यसबारे नेपाली जनताले सही मूल्यांकन गरेर सटिक निर्णय गर्नुपर्छ ।’
उनले देशमा अस्थिरता र ध्वंस फैलाउने शक्तिलाई निर्वाचनमार्फत विजयी गराउन नहुनेमा जोड दिए । नेपाली जनताले सही विश्लेषणसहित मतदान गर्ने विश्वास व्यक्त गर्दै उनले लोकतन्त्र सुदृढ बनाउन जिम्मेवार निर्णय आवश्यक रहेको बताए ।
त्यसैगरी, नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि आफूहरूले आवाज उठाउनुपरेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया