सानेपामा कांग्रेस कार्यकर्ताको नारा– ‘अबकी बार गगन सरकार’

लोकपथ
140
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन् ।

शुक्रबार दिउँसो सभापति थापा सानेपा पुगेका हुन् । थापाले सानेपामा पुगेर औपचारिक रुपमा कार्यभार समेत सम्हालेका छन् ।

थापा नेतृत्वको नेपाली कांग्रेसले पहिलोपटक सानेपामा पहिलो केन्द्रीय कार्यसमितिको बैठक समेत बस्नेछ । यसअघि नै विभिन्न होटल तथा पार्टी प्यालेसमा बैठक राखेर आवश्यक निर्णय गरेको गरिएको थियो ।

सभापति थापा पार्टी कार्यालय जाने भएसँगै कार्यकर्ताहरुको समेत ठूलो भीड लागेको थियो । थापा पार्टी कार्यालय प्रवेश गरेपछि ‘अबकी बार गगन सरकार’, ‘नेपाली कांग्रेस जिन्दावाद’ ‘नेपाली कांग्रेस के भन्छ ? गगन थापा ले भन्छ’ लगायतका नारा लगाएका थिए ।

त्यसो त आज बस्ने केन्द्रीय समिति बैठकले आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय गर्दैछ ।

निरन्तर काठमाडौं क्षेत्र नं ४ बाट जित्दै आएका सभापति थापा भने यसपटकको निर्वाचनमा भने सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेका छन् । सर्लाहीमा गगनले उम्मेदवारी दिएसँगै त्यहाँ ‘अबकी बार गगन सरकार’ को नारा लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?