रेशम चौधरीको उम्मेदवारी खारेज

लोकपथ
1.6k
Shares
तस्वीर गूगल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ ।

चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो ।

उनीविरुद्ध बुधबार निर्वाचन आयोगमा उम्मेदवारी खारेजीका लागि उजुरी परेको थियो । आयोगले छानबिन गरी उनको उम्मेदवारी खारेज गरेको हो ।

उनको उम्मेदवारी प्रचलित कानुन बमोजिम कायम रहन सक्ने अवस्थाको नरहेको उल्लेख गरिएको छ ।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा भनिएको छ ।

चौधरी कैलालीको टीकापुर घटनाका मुख्य दोषी हुन् । सरकारको सिफारिसमा उनले राष्ट्रपतिबाट आममाफी पाएका थिए ।

चौधरीसहित विभिन्न ४ जिल्ला निर्वाचन क्षेत्रका ५ जनाविरुद्ध उजुरी परेको थियो । अन्यको भने उजुरी खारेज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?