काठमाडौं । नेपाली कांग्रेसले देशका प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ ।
निर्वाचनको मनोनयनको मुखमा भएको विशेष महाधिवेशनका कारण कांग्रेसले ढिला गरी उम्मेदवारको टुंगो लगाएको हो ।
सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले टुंगो लगाएको उम्मेदवारमा अधिकांश नयाँ अनुहारहरु देखिएका छन् । कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणा लगायत कांग्रेसका केही शीर्ष नेताहरु नै टिकटबाट बन्चित भएका छन् ।
यता आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ४ बाट निरन्तर ३ पटक निर्वाचित गगन भने आफैँ सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेका छन् । यता काठमाडौं क्षेत्र नं ४ मा भने युवा उम्मेदवार सचिन तिमल्सेनालाई अघि सारेका छन् ।
त्यसो त काठमाडौंका सबै क्षेत्रमा यसभन्दा अघिको निर्वाचनका भन्दा फरक उम्मेदवारहरुलाई टिकट दिइएको छ ।
जसअनुसार ४ पटक काठमाडौं क्षेत्र नं १ बाट सांसद बनेका प्रकाशमान सिंहको सट्टा प्रबल थापालाई टिकट दिइएको हो ।
निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् ।
कहाँबाट को बने उम्मेदवार ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया