काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।
भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।
उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । प्रतिवेदनमा समसामयिक राजनीतिको समीक्षा, विधानको परिमार्जन, संरचनागत सुधारको विषयमा पनि महाधिवेशनले निर्णय गर्ने बताए । छलफलका लागि ९ समूह विभाजन गरिएको बताए ।
प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया