तोलामै २८ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

लोकपथ
749
Shares

 काठमाडौं । नेपाली बजारमा  सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २८ सयले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?