फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन : नेता रिजाल

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले फागुन २१ मा तय भएको निर्वाचन विकल्प नभएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै रिजालले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिनिधिसभा आवश्यक रहेको बताए । उनले संविधान नयाँ बनाउन अलमल गर्न आवश्यक नभएको स्पष्ट पारे ।

नेता रिजालले भने, ‘नयाँ अभिमत लिन फागुन २१ मा निर्वाचन गर्नुपर्छ । निर्वाचन सम्पन्न भएपछि फर्केर आएको प्रतिनिधिसभा क्रियाशील हुनेछ र संविधान पूर्ण रूपमा लागू हुनेछ। अन्य कुनै अलमलले संविधानको कार्यान्वयनमा बाधा पुर्‍याउन सक्छ। संविधान र लोकतन्त्र जोगाउने काम हामीले गर्नु पर्छ।’

साथै, उनले संविधानमा निर्वाचन प्रणालीसम्बन्धी परिमार्जन आवश्यक भएको पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?