फागुन २१ को निर्वाचन नलड्ने विश्वप्रकाशको घोषणा

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

त्यसो त झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट शर्माको नाम एकल सिफारिस भएको थियो ।

महामन्त्री शर्माले आफूले आफूलाई सिफारिस गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद समेत दिए । साथै आफूले क्षेत्रका नेताहरुलाई नयाँ उम्मेदवार छनोटका लागि समेत आग्रह गरेको पार्टी बैठकमा जानकारी गराए ।

गत निर्वाचनमा विश्वप्रकाश झापा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?