रविले बालेन भेट्दै

लोकपथ
126
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ ।

सोमबार राति कमलपोखरीमा लामो समय छलफल गरेका उनीहरूले आजको भेटलाई निर्णायक चरणको रूपमा लिएका छन् । भेटका लागि रवि लामिछाने ललितपुरको कुपोण्डोल जाने तयारीमा छन् ।

गत छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा प्रस्ताव राखिएको थियो । प्रस्तावअनुसार अहिलेको सरकारले नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले गर्ने छलफल भएको थियो ।

अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?