जेनजी आन्दोलनमा घाइते झलनाथपत्नीको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड-माधव

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले  नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् ।

नेताद्वयले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

गत साता भारतबाट उपचारपछि फर्किएकी चित्रकारलाई डल्लुस्थित निवासमै भेटेका प्रचण्ड र माधवकुमारले उनको स्वास्थ्य अवस्था सुन्ने अवसर पाएका थिए ।

नेता खनालका अनुसार चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको र थप सुधारका लागि उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?