तत्कालीन आईजीपी, गृहसचिव र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

लोकपथ
441
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको नेतृत्वमा रहेका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसहित तीनजनाका स्थानहद फुकुवा भएको छ ।

जेनजी आन्दोलनबारे घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले आईजीपी खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई स्थान हद तोकेको थियो ।

आयोगले उनीहरुमाथि बयान लिनुपर्ने भन्दै गत असोज १२ र कार्तिक २७ गते निर्णय गरी काठमाडौं उपत्यका छाड्न र देश छाड्न नपाउने भन्दै स्थानहद तोक्ने निर्णय गरेको थियो । तर तीनैजनासँग बयान सकिइसकेको भन्दै आयोगले उनीहरुको भ्रमण फुकुवा गरेको जनाएको छ ।

आयोगको सोमबार बसेको बैठकले तीनैजनाको भ्रमण फुकुवा गरिएको जाँचबुझ आयोगको सचिवालयले जनाएको छ ।

Screenshot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?