समानुपातिक उम्मेदवार छिटो टुंगो लगाउन शंकर पोखरेललाई योगेशको फोन

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ को निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको नाम टुंगो लगाउन पार्टीको ध्यानाकर्षण गराएका छन् ।

उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेख्दै आफूले महासचिव शंकर पोखरेललाई उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिन भनेको बताए ।

भट्टराईले फोन मार्फत् समानुपातिक उम्मेदवारहरुको नाम सिफारिसका लागि पहल गर्न भनेका हुन् ।

‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्नु पर्ने समय नजिक आईसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नु पर्ने छ । महासचिव कमरेड शंकर पोखरेललाई फोन मार्फ़त यो विषय ध्यानाकर्षण गरेको छु,’ उनले भनेका छन् ।

त्यसो त नेकपा एमालेले फागुन २१ मा निर्वाचन हुन नसक्ने भन्दै सरकारको आलोचना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?