सिंहदरबारमा प्रधानमन्त्रीसँग राजनीतिक दल र नागरिक प्रतिनिधिबिच संवाद

लोकपथ
553
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा आह्वान भएको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा सुरु भएको छ ।

अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतीकरण दिनेछ ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागि रहेका छन् । प्रमुख दुई राजनीतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?